काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी नेताहरूलाई १६ माघमा अनिवार्य आ-आफ्नो वडामा पुग्न निर्देशन दिएका छन् । सहिद दिवसको अवसर पारेर १६ माघमा काँग्रेस ६ हजार ७४३ वडामा कार्यक्रम गर्दैछ । उक्त दिन क्रियाशील सदस्यता भएको आफ्नो वडामा अनिवार्य पुग्न थापाले निर्देशन दिएका छन् ।
७८औँ पार्टी स्थापना दिवसका अवसरमा प्रमुख अतिथि सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रम उनले देउवालाई पनि वडामा जान आग्रह गरे । ‘चाहे सांसद, मन्त्री हुनुहोस्, चाहे सभापति हुनुहोस्, चाहे भातृ संस्थाको प्रमुख हुनुहोस् । त्यो दिन सहिदलाई सम्झनको निम्ति जहाँको क्रियाशील सदस्य हो, त्यही पुग्नुपर्दछ,’ थापाले भने ।सहिद दिवसको दिनमा काठमाडौंमा देखिए कार्यक्रममा नपुगेको मानिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा