काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघबाट आयोजना केन्द्रित पदयात्रा गर्ने भएको छ । अलपत्र परेका आयोजना निर्माणमा दबाव दिने उद्देश्यले पदयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ ।
२१ विकास आयोजना, २१ व्यक्ति, २१ गते गरी तिन २१ को संयोजन सहित पदयात्रा प्रारम्भ गर्न लागेको छ । २२ माघबाट संसद बैठक बस्ने भएकाले २१ गते सुरुवात गरेर क्रमशः गर्दै जाने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । २१ गते एउटा मात्रै आयोजनाका लागि दबाव यात्रा हुने उनले बताइन् ।
यसअघि केन्द्रीय समिति बैठकले २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । पार्टीबाट गठित कार्यदलले २१ वटा आयोजनामा टुंगो क्रममा छ । ‘कार्यदलले काम गरिरहेको छ । १/२ एउटा टुंगिन बाँकी छ,’ रास्वपा सांसद एवं कार्यदल सदस्य शिशिर खनालले जानकारी दिए ।
संसद बैठक २२ माघबाट आह्वान भएकाले संसद बैठक नबसेको समय मिलाएर क्रमशः आयोजनामा पदयात्रा गर्ने रास्वपाले तयारी गरेको छ । आयोजना छनोट गर्दा सबै प्रदेशबाट पर्ने गरी चयन गर्न लागि लागिएको छ ।
बागमतीका ४ आयोजना, कर्णालीका २ आयोजना र अन्य प्रदेशमा ३/३ हुने गरी विकास आयोजनामा दबाव यात्रा गर्ने कार्यदलमा प्रारम्भिक सहमति बनेको छ । सांसदलाई दबाव यात्रामा खटाउँदा सकेसम्म आफ्नो जिल्लालाई प्राथमिकतामा राखिने कार्यदलले जनाएको छ ।
केन्द्रीय समितिले आयोजना, दबाब यात्राको मोडालिटी, यात्राका लागि नेता चयन लगायतमा कार्य गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलमा सहमहामन्त्री विपिनकुमार आचार्य, सहप्रवक्ता प्रतिभा रावल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र नेताहरू श्रीराम न्यौपाने, कृष्ण भेटुवाल र खुश्बु सरकार श्रेष्ठ छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा
रास्वपाले मनायो तेस्रो स्थापना दिवस
रास्वपाले दिवङ्गत सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गर्ने
रास्वपाका सांसद निलो रिबन लगाएर संसदमा