विराटनगर। कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनको मतगणना शुरू भएको छ । सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिएअनुसार मतगणना बिहीवार दिउँसो करिब ३ः५५ बजे शुरू भएको हो ।कोशीसँगै देशका सातै प्रदेशमा बिहीवार मतदान भएको थियो ।
बिहीवार ७ वटै प्रदेशमा भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो । ७ प्रदेशमध्ये बागगमतीबाट सबैभन्दा बढी ४, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ३–३ गरी ९, कोशी, मधेश र कर्णाली प्रत्येकमा २–२ सहित ६ गरी १९ सिटमा लागि मतदान भएको हो ।
केहीमा बाहेक लगभग सबै प्रदेशमा शतप्रतिशत मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १६ : ०९
लेखकबाट थप