काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को विधान अधिवेशनमा करिब २२ लाख खर्च हुने अनुमान गरेको छ । माओवादीले फागुनको (१–३) सम्म प्रज्ञा भवन कमलादीमा प्रथम विधान अधिवेशनका लागि तीन दिनको हल बुकिङ भइसेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार धरौटी एक लाखसहित ५ लाख ४० हजार भाडा रहेको छ । अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुनेछन् । उनीहरूलाई खाजापानी पार्टीले नै व्यवस्था गर्ने भएकाले करिब ६ लाख ५० हजार खर्च हुने उनको अनुमान छ । यस्तै स्टेसनरी खर्च लगायत भैपरी आउने खर्च गरी २२ लाख खर्च हुनसक्ने उपाध्यायले जानकारी दिए ।
प्रत्येक प्रतिनिधिबाट एकहजार रुपयाँ उठाउने निर्णय गरिसकेको छ । प्रतिनिधिबाट १३ लाख उठ्ने छ । बाँकी लेबिबाट उठाउने र अपुग पार्टी कोषबाट व्यहोर्ने उपाध्यायले बताए । यसअघि साउनको(१७–२१)सम्म बसेको केन्द्रीय समिति बैठकमा २१ लाख १५ हजार ५०० खर्च भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै