काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश घोषणा नगरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा विन लघुवित्त वित्तीय संस्थाले २७ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त अवधिमा २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश दिएको थियो । जबकि, गत आर्थिक वर्षको नाफाबाट भने लाभांश वितरण नगर्ने भएको हो ।
लाभांश वितरण नगर्ने प्रस्ताव गरेको लघुवित्तको वित्तिय विवरणहरु नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुपर्ने छ । यस्तै, कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, ११ : ०९
लेखकबाट थप