एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ । अरू नौजना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
बुधबार दिउँसो करिब ३ बजेदेखि आगलागी भएको थियो । आगो राति ९ बजे मात्र पूर्ण रूपमा निभाइएको थियो । घाइतेमध्ये आठजनाको अवस्था स्थिर रहेको बताइएको छ ।
६ तले व्यावसायिक र आवासीय इँटा–कंक्रिट संरचनाको तहखानेबाट आगलागी सुरु भएको हो । बेसमेन्टभित्र रहेको शीत भन्डारको मर्मतका निम्ति कामदारले गैरकानुनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सो घटनाको अनुसन्धानका क्रममा सुरक्षा अधिकारीले १२ व्यक्तिलाई हिरासतमा राखेका छन् ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ माघ २०८०, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु