एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ । अरू नौजना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
बुधबार दिउँसो करिब ३ बजेदेखि आगलागी भएको थियो । आगो राति ९ बजे मात्र पूर्ण रूपमा निभाइएको थियो । घाइतेमध्ये आठजनाको अवस्था स्थिर रहेको बताइएको छ ।
६ तले व्यावसायिक र आवासीय इँटा–कंक्रिट संरचनाको तहखानेबाट आगलागी सुरु भएको हो । बेसमेन्टभित्र रहेको शीत भन्डारको मर्मतका निम्ति कामदारले गैरकानुनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सो घटनाको अनुसन्धानका क्रममा सुरक्षा अधिकारीले १२ व्यक्तिलाई हिरासतमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ माघ २०८०, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु