पोखरामा जीप दुर्घटनाः चालकको मृत्यु, २ जना घाइते

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १५ : २३
पोखरामा जीप दुर्घटनाः चालकको मृत्यु, २ जना घाइते

काठमाडौं। कास्कीको पोखरामा  जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ चिसाखोलानजिक बुधवार बिहान दुर्घटना हुँदा चालक कृष्णबहादुर थापाको मृत्यु भएको हो ।

 

दुर्घटनाबाट गम्भीर घाइते भएका पोखरा–१८, ग्यारजातीका ४९ वर्षीय चालक थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

दुर्घटनामा परेर पोखरा–१८, ग्यारजातीकी ६९ वर्षीया हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापा घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।बुधबार बिहान सवा ९ बजेतिर मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै गरेको ग३च २६०३ नम्बरको जीप दुर्घटनामा परेको हो ।

 

 

दूध बोक्ने सिङ्गल क्याब बोलेरो नियन्त्रण गुमाई सडकको दायाँतर्फ २० फिट तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।