कर्णालीको समृद्धिका लागि ब्यवसायिक कृषिलाई जोड दिनुपर्छः मुख्यमन्त्री शर्मा

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १० : ५५
कर्णालीको समृद्धिका लागि ब्यवसायिक कृषिलाई जोड दिनुपर्छः मुख्यमन्त्री शर्मा

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा जोड दिएमा कर्णालीको समृद्धि सम्भव हुने बताएका छन् । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वीरेन्द्रनगर सुर्खेतको दोस्रो त्रैमासिक प्रगति  समीक्षा गोष्ठीलाई सम्वोधन गर्दे मुख्यमन्त्री शर्माले कृषि  र पशुपालनका क्षेत्रमा गरिने ब्यवसायिक प्रयोगले जनताको जीवन स्तर उकास्न सकिने भएकाले कृषि मन्त्रालय र त्यस मातहतको जनशक्तिको योगदान धेरै महत्वपूर्ण रहने बताए ।

उनले भने, ‘यहाँको माटोको अवस्था, वातावरण आदिमा सुहाउँदो कृषि र पशुपालनलाई ब्यवसायिक बनाऔँ ।’

मूल्यश्रृङखलामा आधारित भएर कर्णालीमा उत्पादित रैथाने वालिको विस्तार र  उत्पादित वस्तुको प्रमाणिकरण मार्फत  वजार सम्म पुरयाउन पनि सरकारको प्राथमिकता रहेको उनले बताए ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसानलाई आफ्नो पेशा प्रति निराश हुन नदिने बताए । अर्धबार्षिक प्रगति  समीक्षा गोष्ठी गत कार्तिक१७ जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्प परि ज्यान गुमाउनुहुने १५४ जना किसानको सम्झनामा मौनधारण गरि सुरु गरिएको थियो  । कर्णाली प्रदेशका १० जिल्लाका कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस