राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेल

सफल खबर संवाददाता

सोमबार, ०८ माघ २०८०, १५ : ३६
राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेल

विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबिच तालमेल हुने भएको छ । सोमबारको छलफलपछि दुई दलबीच तालमेलको सैद्धान्तिक सहमति भएको कोशी प्रदेशसभामा राप्रपाका संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले जानकारी दिए ।

सहमतिअनुसार एमालेले राष्ट्रियसभा सदस्यको ‘अन्य’ पदमा राप्रपाका उद्धव पौडेललाई सघाउनेछ । राप्रपाले महिला पदमा एमालेकी रुक्मिणी कोइरालाका पक्षमा मतदान गर्नेछ ।सत्तारुढ गठबन्धनले अन्यतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलामा माओवादी केन्द्रकी चम्पा कार्कीलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस