काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले जनमत पार्टी लाज पचाएर सरकारमा बसिरहेको आरोप लगाएका हुन् । प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदेश सरकारविरुद्ध नाराबाजी गरिरहेको र पार्टीका मन्त्रीहरू राजीनामा नदिई लाज पचाएर बसिरहेको उनको भनाइ थियो ।
जनमतका मन्त्रीहरूले मधेस विश्वविद्यालयका रजिष्टार र भिसीलाई थर्काएर ताल्चा लगाएको भन्दै यो कुन तरिकाको गठबन्धनको हो यो ? भन्दै मुख्यमन्त्रीले प्रश्न गरे ।
‘११ गतेसम्म बाटो नहेरौँ । गठबन्धनलाई बाटो नहेरौँ । तपाईँहरू सब पछि हटाउनु होला म त आजै हटाइदिन्छु । त्यस्ता अराजक मान्छेलाई सरकारमा राख्नु हुँदैन’, मुख्यमन्त्री यादवले भने ।
मधेस सरकारमा जनमत पार्टीबाट शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा