१६ औं पञ्चवर्षीय योजनाले राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने आश गर्न सकिँदैन : उपाध्यक्ष पौडेल

सफल खबर संवाददाता

सोमबार, ०८ माघ २०८०, ११ : ५८
१६ औं पञ्चवर्षीय योजनाले राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने आश गर्न सकिँदैन : उपाध्यक्ष पौडेल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताएका छन । उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने,विगतका अनुभवहरुको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताए ।

उनले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औं योजनालाई उपेक्षा गर्नेगरी योजना निर्माण गरिरहेको आरोप लगाए । उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै योजना आयोग १६ औं योजनाको निर्माणमा अलमलिरहेको बताए । उनले १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरुको जगमा उभिएर वर्तमान र दीर्घकालिन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिरहेको दाबी गरे । योजना आयोग आगामी १६ औं योजना बनाउने विषयमा कुहिरोभित्रको काग जस्तै भइरहेको टिप्पणी गरे । नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको १५ औं योजना धेरै दृष्टिकोणले महत्वपूर्ण रहेको पौडलको भनाई छ । उनले १५ औं योजनाले नेपालको योजनावद्ध विकासमा डिपाचर हुने गरी नयाँ दिशाबोध दिएर विकासका परम्परागत अभ्यासहरुलाई ब्रेक थु्र गरेको उल्लेख गरे । उनले वर्तमान सरकारले १६ औं योजना निर्माण गरिरहँदा १५ औं योजनाले संस्थागत गरेका निस्कर्षहरुलाई आत्मासाथ गर्ने र आवश्यक विषयलाई निरन्तरता दिने भन्दा पनि तिरस्कार र उपेक्षा गर्नेगरी अगाडि बढेको पाइएको दाबी गरे । योजना आयोग १५ औं योजनाका सकारात्मक योगदानहरुलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको आरोप पौडेलको छ । १५ औं योजनाले राष्ट्रिय दीर्घकालिन र आवधिक लक्ष्य निश्चित गर्नेगरी लिएको समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्यलाई हटाइएको भन्दै असन्तुष्टि जनाए ।

उनले भने ,‘मुलुक आगामी १६ औं योजना निर्माणको चरणमा छ । १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरुको जगमा उभिएर आज र भोलिको आवश्यकतालाई ठिक ढङ्गले पहिचान गरेर योजना निर्माणको काममा सरकार लाग्नुपर्ने हो । तर वर्तमान सरकार र सरकारको मातहतमा बनेको योजना आयोग १६ औं योजनाको निर्माणमा अलमलिएको छ । कुहिराको काग जस्तो भएको छ । उडान भरेको छ तर कता जाने हो थाहा छैन । यो सरकारको नेतृत्वमा रहेको योजना आयोगले कुनै गतिलो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने,विगतका अनुभवहरुको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्छ भनेर आशा गर्नसक्ने अवस्था छैन । हामीसँग पञ्चवर्षीय योजना बनाउने राम्रो अनुभव छ । राम्रो अनुभव अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको योजना आयोग र त्यो योजना आयोगले बनाएको १५ औं योजना धेरै दृष्टिकोणले महत्वपूर्ण छ । नेपालको योजनावद्ध विकासमा डिपाचर थियो । नयाँ दिशाबोध दिएको थियो । विकासका परम्परागत अभ्यासहरुलाई ब्रेक थु्र गरेको थियो । आजको विश्व, क्षेत्रिय र राष्ट्रिय सन्दर्भमा योजनावद्ध विकासका प्रयास कस्ता भएका छन् र हाम्रो अनुभव छ भन्ने समेतको विश्लेषण गरेर अत्यन्तै व्यवस्थित १५ औं योजना अगाडि सारिएको थियो । अहिलेको सरकारले १६ औं योजना निर्माण गरिरहँदा १५ औं योजनाले संस्थागत गरेका निस्कर्षहरुलाई आत्मासाथ गर्ने,आवश्यक विषयलाई निरन्तरता दिने र नयाँ योजना भए सम्बोधन गरी जानुपर्ने हो तर १५ औं योजनाहरुलाई तिरस्कार गर्दै बिर्सन र कुल्चिएर उपेक्षा गर्न चाहेको छ । त्यसका सकारात्मक योगदानहरुलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको छ । १५ औं योजनाले विकासका सन्दर्भमा जस्ता खालको अभ्यास गरिए रहेको थियो त्यसलाई अहिलको योजना आयोगले रोक्यो । विशेष गरी राष्ट्रिय दीर्घकालिन र आवधिक लक्ष्य निश्चित गरेर संविधान निर्माण गरिसकेपछि देशको आर्थिक समाजिक रुपान्तरण मुद्दा मुख्य हो भन्ने कुरा आएपछि संविधानको मर्म अनुरुपको १५ औं योजना निर्माण भएको थियो । त्यसले समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्य निर्धारण ग¥यो ।’

पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले योजना आयोगको १६ औं योजना निर्माणको तयारी गतिलो योजना आउने अवस्था नदेखिएको उल्लेख गरे । उनले १६ औं योजनाले संविधानले नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यवहारिक रुपमा उपलब्ध कसरी गराउने भन्ने विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस