एजेन्सी । चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले यसको पुष्टि गरेको छ ।
शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।
एक शिक्षकले सरकारी अखबार हेबेई डेलीलाई भने कि मृत्यु हुनेहरू सबै तेस्रो कक्षाका विद्यार्थी थिए। आगलागी हुँदा छात्रावासमा ३० जना विद्यार्थी थिए । बाँकी विद्यार्थीलाई सकुशल बाहिर निकालिएको छ ।
सिन्ह्वाका अनुसार सूचना पाएको एक घण्टाभित्र आगो निभाइएको थियो। आगलागीको कारण वा मृतकको पहिचानबारे आधिकारिक च्यानलहरूमा केही भनिएको छैन।
सरकारी सञ्चारमाध्यममा सार्वजनिक गरिएका तस्विरमा छात्रावासका झ्यालका सिसा फुटेको र त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको देखिन्छ । सिन्ह्वाका अनुसार निजी रूपमा सञ्चालित यो विद्यालय १० वर्षदेखि चल्दै आएको थियो र त्यसमा नजिकैका ग्रामीण क्षेत्रका बालबालिकाले भाग लिएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ माघ २०८०, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि