काठमाडौँ । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।काठमाडौँको दक्षिणकाली नगरपालिका-५ शेषनारायण मन्दिर नजिक बाटोमा जुम्ला चन्दननाथ नगरपालिका-१० घर भएकी ५१ वर्षीया देवी अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
यता जुम्लाको तिला गाउँपालिका-२ लर्मी गाउँ बस्ने ४१ वर्षीय असिमान रावत सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-११ शारदा देवी सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ माघ २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौमा एक व्यक्ति मृत फेला
सल्यानमा रोल्पाका एक पुरुष मृत फेला
नवलपुरमा पोथी गैँडा मृत फेला
टेकु दोभानमा एक जना मृत फेला
तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी
चितवनको जङ्गलमा एक पुरुष मृत फेला