काठमाडौँ । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।काठमाडौँको दक्षिणकाली नगरपालिका-५ शेषनारायण मन्दिर नजिक बाटोमा जुम्ला चन्दननाथ नगरपालिका-१० घर भएकी ५१ वर्षीया देवी अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
यता जुम्लाको तिला गाउँपालिका-२ लर्मी गाउँ बस्ने ४१ वर्षीय असिमान रावत सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-११ शारदा देवी सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ माघ २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला