काठमाडौं। पाकिस्तानले इरानमा जवाफी हमला गरेको छ । इरानले बलोचिस्तानमा आक्रमण गरेको दुई दिनपछि पाकिस्तानले जवाफी हमला गरेको हो ।पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा पाकिस्तानी मूलका आतंकवादीलाई निशाना बनाएको उल्लेख छ ।
'आज बिहान पाकिस्तानले इरानको सिस्तान-ओ-बलुचिस्तान प्रान्तमा आक्रमण गरेको छ,' बयानमा भनिएको छ, 'गुप्तचर सूचनाका आधारमा गरिएको ‘मार्ग बार सरमचार’ नामक अपरेशनमा धेरै आतङ्ककारी मारिएका छन् ।'
पाकिस्तान हरेक खतराबाट आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। पाकिस्तानले भविष्यमा पनि आफ्नो सुरक्षाका लागि यस्ता कदमहरू जारी राख्ने जनाएको छ ।
इरानले मंगलबार पाकिस्तानको बलोचिस्तानमा आक्रमण गरेको थियो । इरानले आफ्नो देशमा लगातार आतंकवादी घटनाहरू गरिरहेको जैश अल-अदल नामक संगठनलाई निशाना बनाएको जनाएको छ।पाकिस्तानले इरानको आक्रमणप्रति कडा आपत्ति जनाएको थियो र दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए