काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधनहरु सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो स्वामित्वमा रहेका २०१० देखि २०१४ मोडलका चारपांग्रे सवारी न्यूनतम मूल्य राखेर लिलाम बिक्री गर्ने भएको हो ।
बिहीबार एक सूचना जारी गर्दै बैंकले इच्छुक खरिदकर्तालाई सूचना प्रकाशित भएको मितिले १८ दिन अर्थात् २०८० माघ २१ गते भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ । बोलपत्रको २०८० माघ २२ गते दिउँसो २ः३० बजे हुनेछ ।
सूचना अनुसार २०१० मोडलको बा ८ च ७९७० नम्बरको डाइहाट्सु टिरसको न्यूनतम मूल्य ९ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने २०१२ मोडलको बा ९ च ७३७४ नम्बर छिभोरेट ट्राभल्सको मूल्य ७ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।
यसैगरी केन्द्रीय बैंकले बेच्न चाहेको २०१२ मोडलको बा ९ च ७३७५ नम्बरको छिभोरेट टेभराको मूल्य ६ लाख ६३ हजार रुपैयाँ तोकिएको छ भने २०१२ मोडलकै बा ९ च ७३७६ नम्बरको छिभोरेट टेभराको ६ लाख ८३ हजार रुपैयाँ, २०१२ मोडलकै अर्को बा ९ च ७३७९ नम्बरको छिभोरेट टेभराको ७ लाख ८ हजार रुपैयाँ र २०१४ मोडलको बा १२ च ८२७५ मोडलको किया स्पर्टेजको मूल्य २५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै
४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले ६० अर्ब तरलता खिच्दै
राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती
राष्ट्र बैंकका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर
राष्ट्र बैंकले मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै