काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा गर्न २७ आयोजको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । गएराति सकिएको केन्द्रीय समितिको बैठकले निर्माण सुस्त भइरहेका आयोजना केन्दि्रत दबाब कार्यक्रम गर्ने निर्णय गरेको छ ।
प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य,, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठ छन् । दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी-त्रिशूली-मैलुङ-स्याप| बेेसी-रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ । यसैगरी धरहरा र मेलम्ची खानेपानी आयोजना लगायत छन् ।
विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले दबाब यात्रा गर्न लागेको हो । यसअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढ-बुटवल सडकखण्डमा पदयात्रा गरेको रास्वपाले थप आयोजनाहरुको सूची पनि सार्वजनिक गरेको हो ।
रास्वपाका उपसभापति डीपी अर्यालले भने, ‘पटक-पटक अवधि थपिएको, सम्पन्न हुन नसकेको योजनाहरुमा दबाब यात्रा गरेर सरकारलाई खबरदारी गर्ने हो, ।’ दबाब यात्रामा केन्द्रीय नेता र सांसदहरु सहभागी हुने अर्यालले जानकारी दिए । ‘सांसदसहित नेताहरु को कहाँ जाने निर्णय अर्को बैठकबाट लिन्छौं’, उनले भने ।
यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ वटा आयोजनामा पदयात्रा गर्ने घोषणा गरेका थिए । उनले पार्टीका २१ जना सांसदले एक एक वटा आयोजनाको जिम्मा लिएर पदयात्रा गर्ने बताएका थिए ।
यसअघि पुस ९ गतेदेखि रास्वपाले विस्तारको काम भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डमा ११३ किलोमिटर पदयात्रा गरेको थियो ।
रास्वपाले दबाब यात्रा गर्न छनोट गरेका आयोजनाहरुको प्रारम्भिक सूची यस्तो छ –
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने
रास्वपा सचिवालय बैठक बस्दै
रास्वपाका मिलन लिम्बूलगायत १६ जनाको जमानत जफत
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
रास्वपा संसदीय दलको बैठक बस्दै