स्थानीय तहले श्रमिकलाई कोरिया पठाउन नपाउने

पत्रपत्रिकाबाट

विहीबार, ०४ माघ २०८०, ०७ : २९
स्थानीय तहले श्रमिकलाई कोरिया पठाउन नपाउने

काठमाडौ । श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षा  मन्त्रालयले स्थानीय तहहरूले समझदारी गरेर मौसमी कामदारका रूपमा श्रमिकलाई कोरिया पठाउन नपाउने जनाएको छ ।

मन्त्रालयले विज्ञप्तिमार्फत मौसमी कामदार पठाउन  स्थानीय  तहहरूले  कोरियाका  एक  कम्पनीसँग  धमाधम  सम्झौता  गरेको  पाइएको  भन्दै यो कार्य कानुन र अधिकारबाहिर भएको बताएको छ ।

मन्त्रालयका  प्रवक्ता  राजीव  पोखरेलले  कोरियामा मौसमी कामदार पठाउने  भन्दै  सम्झौता  गरेर  पैसासमेत  असुल  गरेको  पाइएको  उल्लेख  गर्दै  स्थानीय  तहसँग  कामदार पठाउने सम्झौता गर्ने अधिकार कानुनमा नभएको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस