मधेशमा जुनसुकै बेला विद्रोह हुनसक्छ : उपेन्द्र यादव

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, २० : ४३
मधेशमा जुनसुकै बेला विद्रोह हुनसक्छ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जुनसुकै बेला विस्फोट वा विद्रोह हुने अवस्थामा मधेश पुगेको बताएका छन् । जनकपुरधाममा मधेश सरकारलाई आयोजना गरेको ‘मधेश स्वाभिमान दिवस’ समारोहमा बोल्दै जसपा अध्यक्ष यादवले भने, ‘मधेश सबभन्दा पछाडि परेको छ । विभेद र असमानता यहीँ छ । गरिबी पनि यहीँ छ । यस्तो अवस्थामा कुनै व्यवस्था सफल हुन सक्दैन । कुनै बेला पनि विस्फोट र विद्रोह हुने अवस्था छ ।’

उनले मधेशले हजारौँ वर्षदेखि देश र विदेशलाई पालेको भन्दै अब संघीय सरकारले मधेशको विकासमा ध्यान दिनुपर्ने बताए । उनले प्रदेश सरकारले सुशासनमा ध्यान दिनुपर्ने पनि बताए ।

‘यो प्रदेशमा विकास गर्न चुनौती मात्र होइन, अवसर पनि हो’, अध्यक्ष यादवले भने, ‘नेताहरूलाई आग्रह गर्न चाहन्छु, अवसरलाई उपयोग गर्नुहोस् ।’ उनले प्रदेशलाई आर्थिक रुपमा सम्पन्न, कृषिमा आधुनिकीकरण र बन्द उद्योग धन्दाहरु पुनः सञ्चालनमा ध्यान दिन पनि प्रदेश सरकारलाई सुझाए । उनले भने, ‘शिक्षा र स्वास्थ्यलाई पनि अगाडी बढाउनुपर्छ । भेदभावरहित समाज निर्माणतर्फ लाग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस