काठमाडौं। इस्लामाबाद– इरान र पाकिस्तानबीचको हवाई क्षेत्र उल्लङ्घनको विवादका कारण पाकिस्तानमा दुई बालबालिकाको मृत्यु हुनुका साथै तीन बालिका घाइते भएको पाकिस्तानी विदेश मन्त्रालयले बुधवार जनाएको छ ।
पाकिस्तानले इरानद्वारा आफ्नो हवाई क्षेत्रको उल्लङ्घनको कडा निन्दा गरेको मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ । मन्त्रालयले देशको सार्वभौमिकताको यो उल्लङ्घन पूर्ण रूपमा अस्वीकार्य रहेको ठहर गर्दै यसको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएको छ ।पाकिस्तानको कडा विरोध तेहरानमा इरानी विदेश मन्त्रालयका सम्बन्धित वरिष्ठ अधिकारीसमक्ष दर्ता भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पाकिस्तान र इरानबीच सञ्चारका धेरै माध्यमहरू अस्तित्वमा भएपनि यो अवैध कार्य चिन्ताको विषय भएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पाकिस्तानका लागि इरानी कार्यबाहक राजदूतलाई पाकिस्तानी विदेश मन्त्रालयमा बोलाई पाकिस्तानको सार्वभौमिकतामाथिको उल्लङ्घनका लागि कडा निन्दा गरिएको र यसबाट उत्पन्न परिणामको लागि इरान पूर्ण रूपमा जिम्मेवार हुने विज्ञप्तिमा जनाइएको छ ।
पाकिस्तानले सधैं आतङ्कवाद यस क्षेत्रका सबै देशहरूका लागि साझा खतरा भएको भन्दै यसलाई क्षेत्रीय सहकार्यमार्फत् सम्वोधन गर्न आवश्यक रहेको जनाएको छ । यस्ता एकपक्षीय कार्यहरू असल छिमेकी सम्बन्ध अनुकुल नभएको र यसले द्विपक्षीय विश्वासलाई गम्भीर रूपमा कमजोर पार्न सक्ने पाकिस्तानले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल