नेपाली सेनाले गर्‍यो ऐतिहासिक मालागढीको सरसफाइ

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, ११ : १६
नेपाली सेनाले गर्‍यो ऐतिहासिक मालागढीको सरसफाइ

काठमाडौं। नेपाली सेनाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत नेपाल–चीन सिमानामा अवस्थित ऐतिहासिक मालागढीको क्षेत्रको सरसफाइ गरेको छ ।लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएको विष्णुदल गणका गणपति विक्रम थापाको नेतृत्वमा सेनाका अधिकृत तथा जवानले सो क्षेत्रको सरसफाइ गरेका हुन् । साथै राष्ट्रिय झण्डा फहराउने काम सम्पन्न भएको सेनाले जनाएको छ ।

ऐतिहासिक क्षेत्रको संरक्षण साथै सुरक्षामा योगदान पुर्‍याउँदै आएको सेनाले भौगोलिक विकटता रहेका स्थानमा अवस्थित नेपाल–चीनको सीमाक्षेत्रको अनुगमन समेत गर्दै आएको छ ।मालागढी क्षेत्रमा सुरक्षापोष्ट स्थापना गर्नुपर्ने त्यहाँका बासिन्दाले माग गर्दै आएका छन् । 

 

 

मालागढीमा सशस्त्र प्रहरीको बीओपी पोष्ट स्थापना गर्न जिल्लास्तरबाट प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मालपोत, नापीसमेत निकायको बैठकले सिफारिश समेत सम्बन्धित निकायमा पठाएको जनाइएको छ ।