काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भारतका विदेशमन्त्रीको नेपाल भ्रमणबारे ध्यानाकर्षण भएको जनाएको छ । विदेशमन्त्री एस जयशंकरको भ्रमणको क्रममा दुई देशबीच भएको सम्झौताप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
आज बसेको सचिवालयको बैठकले भारतले नेपालमा २० करोड सम्मका परियोजनामा सिधै लगानी गर्न पाउने गरी भएको सम्झौताप्रति ध्यानाकर्षण जनाएको छ ।
बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘नेपाल र भारतको बीचमा भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा केही सम्झौता भएको विषय चर्चामा छ । यो र यस्ता खालका धेरै सहमतिहरू सरकारले विभिन्न देशहरूसँग गरेको छ । ती के कस्ता सहमतिहरू गरिएको छ त्यो सार्वजनिक गर्न माग गर्दै हाम्रो केन्द्रीय समितिको बैठकले एउटा प्रस्ताव पनि पारित गरेको थियो त्यसैको आधारमा यसबारे विभिन्न देशहरूसँग नेपालको स्रोत साधन ऊर्जा जलस्रोतको विषयमा गरिएको सम्झौता र शर्त सरकारसँग माग गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ माघ २०८०, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?