काठमाडौ । त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आवागमन ३०.१८ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०२३ मा ४५ लाख ४१ हजार १३७ जना यात्रुको आवागमन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो । कोभिड महामारी शुरू हुनुभन्दा अगाडि २०१८ को भन्दा ४.५ प्रतिशतले वृद्धि भएको महाप्रबन्धक तिवारीले जानकारी दिए ।
उनका अनुसार अन्तर्राष्ट्रियतर्फ उडानको संख्या ३१ हजार ४६० रहेको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा २९.४० प्रतिशतले बढी हो । तर कोभिड अगाडि सन् २०१८ को भन्दा १०.७६ ले कम रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ पुस २०८०, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमकोट विमानस्थल चलायमान, एकै दिन १६४ उडान–अवतरण
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्शल तैनाथ
भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने