काठमाडौँ । नेपाल सरकारको नाममा रहेका बैंक खातामा १ खर्ब ८७ अर्ब ८६ करोड रुपैयाँ मौज्दात रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारका खातामा सो बराबरको मौज्दात रहेको राष्ट्र बैंकको आँकडामा उल्लेख छ ।
२०८० असार मसान्तमा ७१ अर्ब ९८ करोड रुपैयाँमा झरेको मौज्दात ५ महिनामा बढेर झण्डै २ खर्ब हाराहारी पुगेको हो । नेपाल सरकारले ५ महिनाको अवधिमा ४५३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ४.१ प्रतिशत धेरै हो । यस अवधिमा सरकारले ३६० अर्ब चालु, ३६ अर्ब ६ करोड पुँजीगत र वित्तीय व्यवस्थामा ५६ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ ।
राजस्व परिचालन लक्ष्यको तुलनामा कम सङ्कलन भए पनि वृद्धिदर भने गत वर्षको तुलनामा सुधार भएको छ । मंसिरसम्म ३६३ अर्ब ४३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो गत आवको यसै अवधिमा उठेको राजस्वको तुलनामा ११.२ प्रतिशत धेरै हो । यस अवधिमा कर राजस्व ३३७ अर्ब १९ करोड र गैरकर राजस्व २६ अर्ब २४ करोड रुपैयाँ उठेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै