काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष विनोद कुँवर समूहले आगामी मार्चमा ११औँ महाधिवेशन गर्ने भएको छ । मार्च १६ र १७ तारिखमा काठमाडौंमा महाधिवेशन गर्ने समूहका अध्यक्ष कुँवरले बताए । महाधिवेशनमा सबै एनआरएनहरूलाई प्रतिनिधि भएर आउनसमेत उनले अनुरोध गरेका छन् ।
मार्च २०२२ मा काठमाडौंको होटल याक एण्ड यतिमा सम्पन्न एनआरएनएको १०औँ महाधिवेशनपश्चात एनआरएनए विभाजन भएको थियो । त्यसमा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले कुँवरलाई अध्यक्ष बनाउँदै अर्को एनआरएनए घोषणा गरेका थिए ।
'अब मार्च २०२४ मा हुने संघको ११औँ महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न हुँदैछ। ३ दर्जनभन्दा धेरै देशका प्रतिनिधिहरूको प्रतिनिधित्व रहने महाधिवेशनले अल्मलिएका एनआरएनएहरूमा एउटा सुनिश्चितताको मार्ग दिनेछ,' कुँवरले भने ।
कुँवरका अनुसार २०२३ को बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनकै अनुरोध र निर्देशनअनुसार संघलाई एक बनाएर एकताको ११औँ महाधिवेशन गर्ने सम्झौता पत्रमा हस्ताक्षर पनि भएको थियो । तर त्यसलाई अर्को पक्षले लत्याएको उनले बताए ।संघ एकीकरण हुन नसकेपछि अल्मल्याउने प्रयास गरेको उनको आरोप छ । अब एकता र वार्ताका कुरा पनि समाप्त भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा