काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनको लागि कार्यकर्ता तहबाट सुझाव लिने भएको छ । आज बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला तहमा पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
उनले भने, ‘माघ १४ र १५ मा पार्टीको केन्द्रीय परिषद्को बैठक बस्दैछौं । त्यसमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुनेछ । त्यसका लागि गएको केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला र कार्यकर्ता तहमा पुग्नेछ । त्यो सुझावको आधारमा केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गर्नेछौँ ।’
यस्तै, राष्ट्रिय सभामा गठबन्धनको उम्मेदवारलाई जिताउन पार्टीको सबै शक्तिलाई परिचालन गर्न आह्वान गरेकोसमेत प्रवक्ता खतिवडाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने