एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको बहावलपुर जिल्लामा मंगलबार एउटा बस तालमा खस्दा तीन जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।
जिल्लाको नौशेरा जादेद क्षेत्रमा यात्रुवाहक बस मोड्ने क्रममा पल्टिँदा सुक्खा तालमा खसेको थियो। दुई पुरुष र महिलाको घटनास्थलमै मृत्यु भएको उद्धार सेवाले जनाएको छ।
सूचना पाएपछि उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेलाई स्थानीय अस्पतालमा लगेको बताइएको छ। बस संघीय राजधानी इस्लामावादबाट दक्षिणी बन्दरगाह शहर कराँचीतर्फ गइरहेको थियो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ पुस २०८०, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा