एजेन्सी । भारतको उत्तर प्रदेशमा पर्ने अमरोहा जिल्लाको एउटा गाउँमा कोठाभित्र निसासिएर पाँच बालबालिकाको मृत्यु भएको छ।
अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार घटना जिल्लाको ढाका गाउँको हो। पहिले कोठामा जलेको कोइलामा खाना पकाइएको थियो। त्यसपछि एउटै कोठामा सात जना सुतेका थिए।
जिल्ला मजिस्ट्रेट राजेश त्यागीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘प्राथमिक रूपमा कोठामा अक्सिजनको अभाव भएको देखिन्छ, जसका कारण निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको हो। जसमा दुई केटा र तीन केटी छन्। दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।’


प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ पुस २०८०, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु