एजेन्सी । भारतको उत्तर प्रदेशमा पर्ने अमरोहा जिल्लाको एउटा गाउँमा कोठाभित्र निसासिएर पाँच बालबालिकाको मृत्यु भएको छ।
अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार घटना जिल्लाको ढाका गाउँको हो। पहिले कोठामा जलेको कोइलामा खाना पकाइएको थियो। त्यसपछि एउटै कोठामा सात जना सुतेका थिए।
जिल्ला मजिस्ट्रेट राजेश त्यागीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘प्राथमिक रूपमा कोठामा अक्सिजनको अभाव भएको देखिन्छ, जसका कारण निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको हो। जसमा दुई केटा र तीन केटी छन्। दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।’

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ पुस २०८०, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु