डा. गोविन्द केसी माइतीघरबाट पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०८०, १५ : २९
डा. गोविन्द केसी माइतीघरबाट पक्राउ

काठमाडौं। माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्नेसहितका माग राखेर प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसी पक्राउ परेका छन्। उनलाई प्रहरीले काठमाडौं महानगरपालिका वडा ११ स्थित माइतीघर मण्डलाबाटै पक्राउ गरेको हो । ४ बुँदे माग राख्दै प्रदर्शनमा उत्रिएका उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

 

विगतमा भएका सहमति पालना गनुपर्ने, माइतीघरको निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरूको नियुक्ति अगाडि बढाउनुपर्ने माग उनले अघि सारेका छन् ।डा. केसीसँगै अर्का एक जना पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस