काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । मंगलबार दिउँसा साँढे २ बजेदेखि सिंहदरबारस्थित दलको कार्यालयमा सचिवालय बैठक सुरु भएको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए ।
उनका अनुसार सचिवालय बैठकमा पार्टी लेबी र शुल्क सम्बन्धित, समसामयिक राजनीति र पार्टीका केही विभागका कार्यदलको म्याद थपका विषयमा छलफल हुने छ ।गत मंसिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको बैठकबाट पार्टी लेबी र शुल्कका सन्दर्भमा एउटा कार्यदल बनाएको थियो । रास्वपाको सचिवालय १२ सदस्यीय छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा