काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ट्रङ्क र डेडिकेटेड बिजुली उपभोग गर्ने १७८ ग्राहकले बिल चुक्ता गरिसकेको बताएका छन् ।आजको पूर्वाधार समितिको बैठकमा बोल्दै घिसिङले कुल २३९ ग्राहकमध्ये १७८ ले बिल तिरेको र बाकी ६१ वटाको मात्रै बक्यौता रहेको बताएका हुन ।
घिसिङले ट्रङ्क र डेडिकेटेड लाइनबाट बिजुली बाल्ने अधिकांशको बक्यौता चुक्ता भैसकेको समेत बताए । तर, छुटेका ६१ उद्योगलाई बिलिङ गरेपछि उनीहरू मुद्दा मामिलामा गएको कुलमानको भनाइ छ । 'यसअघि समेत २ पटक लाइन काटेपनि मन्त्रीपरिषद्को बैठकले स्पष्टीकरण नै सोधेको थियो,' घिसिङले भने ।
प्राधिकरणले तत्कालिन समयमा रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको थियो । उक्त अवधिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली थिए । ओलीले नै घिसिङलाई स्पष्टीकरण सोधेका थिए । कुलमानले जवाफ दिएपछि स्पष्टीकरण फिर्ता लिइएको थियो ।
ट्रङ्क र डेडिकेटेड लाइनबाट बिजुली बाल्ने ग्राहकको सूचीमा सरकारी र निजी ग्राहक समेत थिए । अधिकांशले महसुल तिरिसकेको अवस्थामा बाँकीलाई पनि बिलिङ गर्ने प्राधिकरण बोर्डको निर्णय थियो । सोअनुसार प्राधिकरणले २०७५ सालको पुसदेखि बिलिङ सुरु गरेको थियो ।
बिलिङ आएपछी अधिकांश उद्योग अदालतमा ओउगेका थिए । उद्योगीले दुई पटकसम्म दायर गरेको मुद्दामध्ये ४५ उद्योगको रिट खारेज भइसकेको छ । अर्थात् ती उद्योगले दायर गरेको मुद्दा प्राधिकरणले जितेको घिसिङको भनाई छ ।
टिओडी मिटरको विषयमा उद्योगीले विवाद झिकेको भन्दै घिसिङले थपे, 'बिलिङ महिनामा खपत भएको प्रमाणका आधारमा हो । छुट बिलमा पठाएको युनिट प्राधिकरणले थप्नै सकिँदैन ।' यसको अर्थ घिसिङले प्राधिकरणले गरेको बिलिङ नै प्रमाण भएको बताएका हुन् ।
उनकाअनुसार उद्योगले खपत गरेको युनिटका आधारमा प्राधिकरणले छुट बिलिङ गरेको हो । प्राधिकरणले नक्कली युनिट थप्नै नमिल्ने घिसिङको भनाइ छ । त्यसैले टिओडी मिटरको पछाडि नलाग्न उद्योगीलाई घिसिङले अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’
स्वदेश फर्किए कुलमान घिसिङ, नयाँ पार्टी खोल्ने की पूरानै पार्टीबाट राजनीति गर्नेबारे अझै अनिर्णित
बहराइनमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन
सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्छः कुलमान घिसिङ
हरेक वर्ष १० हजार मेगावाट विद्युत् निर्यात गरी वार्षिक ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ: कुलमान घिसिङ