कोशीको सभामुखमा एमालेले उम्मेदवारी नदिने

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०८०, ११ : ३९
कोशीको सभामुखमा एमालेले उम्मेदवारी नदिने

विराटनगर। आज हुने कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नउठाउने भएको छ । मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए ।

 

‘सभामुखमा एमालेले उम्मेद्वारी दिदैन’, उनले भने, ‘गठबन्धन बाहेकका उम्मेदवारलाई सघाउछ ।’कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुदैछ । सभामुखमा झापाबाट निर्वाचित प्रदेश सभा सदस्य राप्रपाका अमरबहादुर विष्टलाई सभामुखको उम्मेदवार बनाउने दलहरुको तयारी छ । 

प्रतिक्रिया दिनुहोस