काठमाडौ । हुस्सु लागेको सडकमा तीव्र गतिमा मोटरसाइकल चलाउँदा महोत्तरीमा दुई युवाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
महोत्तरीको बर्दिबास–जलेश्वर सडक खन्डमा पर्ने औरहीमा गएराति दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
घटनामा मोटरसाइकलको पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार औरही नगरपालिका–१ मा गएराति करिब १० बजे बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प १८४० र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा महोत्तरीकै रामगोपालपुर घर भएका ३० वर्षीय मुकेश चमार र महोत्तरीकै भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको यादवले बताए। उनीहरु दुवै मोटरसाइकल चालक हुन्।
भंगहा नगरपालिका–५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास २६ वर्षीय प्रदीपकुमार यादव गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
तीव्रगतिमा रहेका दुबै मोटरसाइकलका चालकले हुस्सुको कारण अगाडिको दृश्य राम्ररी नदेख्दा दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
बिगत केही दिनदेखि तराई मधेशका जिल्लामा हुस्सु र शितलहर चलिरहेको छ। हुस्सुको कारण दृश्य राम्ररी नदेखिँदा सडकमा सबारी सचाउन पनि समस्या भएको चालकहरुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरीमा डुबेर दुई जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु
खोलामा डुबेर दाजुभाइको मृत्यु
वीरगन्जमा पौडी खेल्ने क्रममा डुबेर २ दाजुभाईको मृत्यु
टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु