काठमाडौं । सेयरबजारमा आज हरियाली छाएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ४.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंक बढेको छ।
यस दिन ३०९ धितोपत्रका एक करोड ३७ लाख नौ हजार २७६ कित्ता सेयर चार अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।१३ मध्ये १२ उपसमूहको समूहगत सूचक बढेको छ । जीवन बिमा उपसमूहको समूहगत सूचक ३.७२ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक ०.०१ प्रतिशतले घटेको छ ।
आज सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रि इन्स्योरेन्स, तेह्रथुम पावर कम्पनी र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ पुस २०८०, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार
७१ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार