काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंकाे चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ को कार्यालय नयाँ नैकापमा कार्यरत असिस्टेन्ट सव-इन्जिनियर विजयालक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनीविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।भवन निर्माण सम्पन्नको प्रमाण-पत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १३ : ४०
लेखकबाट थप