काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन लगायत विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । वर्तमान सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मतभेद छ ।
यसअघि केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले त्यसबारे विभाजित धारणा राखेका थिए भने बैठकले अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
१९ सिटका लागि हुने निर्वाचनमा गठबन्धनमा कांग्रेसका भागमा कति सिट पर्ने भन्ने अझै निश्चित छैन । तर गठबन्धनमा कांग्रेसले १३ सिट दाबी गरिरहेको भए पनि १० सिटभन्दा बढी पाउने अवस्था नरहेको नेताहरू बताउँछन् ।
जबकि सात प्रदेशबाट उम्मेदवारका आकाङ्क्षीहरूको सङ्ख्या भने चार सय हाराहारी छ । पार्टीभित्र असन्तुष्टि नहोस् भन्ने हिसाबले सिटको टुङ्गो लाग्ने बित्तिकै उम्मेदवार चयनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी
राष्ट्रियसभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान