प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १५ : ०१
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरूद्ध मार्चपास गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको ‘राज्य आतंकविरूद्ध’ भन्दै नेविसंघले शुक्रबार मार्चपास गरेको हो।

नेविसंघले केन्द्रीय समितिको आह्वानमा भएको मार्चपास अनामनगरदेखि सुरू भएर बालुवाटारतर्फ गएको हो। भष्टाचार लगायतका घटनालाई सरकारले सामसुम पार्ने प्रयास गरेपछि आफूहरुले प्रदर्शन गरेको नेविसंघले जनाएको छ । प्रदर्शनमा कांग्रेसको संस्थापन इतरका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो भने संस्थापन पक्षका पनि नगन्यमात्रामा विद्यार्थी उपस्थित भएका थिए । पछिल्लो समय कांग्रेसको संस्थापन इतर समूह सरकारका काम कारबाहीप्रति असन्तुष्ट रहँदै आएको छ ।

त्यसक्रममा उनीहरुले ‘राजनीतिमुक्त विश्वविद्यालय, भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकार हाम्रो सरोकार’,युवालाई छातीमा गोली होइन रोजगार दे! ’ ‘काण्डै काण्डका नाइके र भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड सरकार राजीनामा दे !’ लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस