काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको सात वर्ष पुरानो अवहेलना मुद्दामा शुक्रबार निर्णय सुनाउने भएको छ। गत असोज ७ गते सुनुवाइ सकेर गत मंसिर २० गते निर्णय सुनाउने मिति तोके पनि सुनाइएन।
निर्णय सुनाउनका लागि शुक्रबार पेशी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले असोज ७ गते सुनुवाइ सके पनि ‘पर्ख र हेर’को नीति लिँदै सुरुमा निर्णय सुनाउने मिति ७० दिन पछिका लागि तोकेका थिए। उक्त मितिमा पनि निर्णय नदिएपछि शुक्रबारका लागि पेशी तोकिएको हो।
अदालतविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठमा दाहालविरुद्ध अवहेलना मुद्दा दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने र ‘प्रचण्ड’बीच टेलिफोनमा कुराकानी
सिन्धुली-२ मा बागी उम्मेदवारी फिर्ता गराउन गजुरेललाई ‘प्रचण्ड’को निर्देशन
‘शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ले गरे नाडा अटो सो’को अवलोकन
कुलिङ पिरियडबारे गठित छानबिन विशेष समितिले ओली, ‘प्रचण्ड’ र देउवासँग छलफल गर्दै
‘प्रचण्ड’ र माधव नेपालबीच छलफल