राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १२ : ११
राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया गएका छन् । प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा उनी त्यहाँ गएका हुन् । मलेसियामा हुने समाजको भेलालाई सम्बोधन गर्ने र त्यहाँका नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान दिएका छन् ।मलेसियामा रहँदा अध्यक्ष लिङ्देनले जनवरी ६ तारिखमा किराँत याक्थुङ चुम्लुङको आयोजनामा हुने कार्यक्रममा सहभागी हुनेछन् ।

यसै गरी जनवरी ७ मा होटल ग्राण्ड कन्टिनेन्टलमा हुने प्रवासी नेपाली एकता समाजको भेलालाई सम्बोधन तय भएको छ । उनले मलेसियामा रहेका विभिन्न प्रवासी नेपाली संघ संस्था, नेपाली राजदूतावास लगायत सरोकारवालाहरुसँग भेट गरी नेपाली श्रमिकका समस्या र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी लिने समेत कार्यक्रम रहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस