एजेन्सी । अमेरिकाको डल्लासस्थित आयोवामा रहेको एक स्कुलमा गोली चल्दा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय एक विद्यार्थीले ६ कक्षाका विद्यार्थीहरुमा गोली चलाएका थिए । उनले चलाएको गोली ५ जना विद्यार्थी र एक शिक्षकलाई लागेको छ । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने चार जनाको अवस्था स्थीर छ ।
घटनास्थलमा गोली चलाउने विद्यार्थी नै मृत फेला परेका छन् । उनले अरुलाई गोली चलाएर आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
क्रिसमसको विदा पछि विद्यालय खुलेको पहिलो दिनमै विद्यालयमा गोली चलेपछि अमेरिकाको पेरी शहरका बासिन्दा आतंकित छन् । पेरी अमेरिकाको सानो शहर हो । यहाँ करिब ८ हजार जनसंख्या छ ।
अमेरिकामा बन्दुकबाट हुने आक्रमण चिन्ताको विषय बनेको छ । त्यसैले बन्दुकबाट मानिसहरु मारिने क्रमलाई रोक्न कडा कानुनको माग हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० पुस २०८०, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार