काठमाडौ । सहमतिका नाममा राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई समेट्ने कांग्रेस र माओवादी केन्द्रको तयारीमा साना दल असन्तुष्ट बनेका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएपछि सरकारलाई समर्थन गरेका साना दल असन्तुष्ट देखिएका हुन् ।
जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न नहुने अडान राख्दै आएका छन् । गठबन्धनको एक घटक जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउन छोडिएको बताउँदै असन्तुष्टि व्यक्त गरेका छन् ।
निर्णय भएपछि सुनाउन आफूहरूलाई बोलाउने गरिएको बताउँदै उनले सत्तारूढ दलका शीर्ष नेताहरूप्रति आक्रोश व्यक्त गरे । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १९ पुस २०८०, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने
दलका नेता बनेपछि आङ्देम्बेले बोलाए पहिलो पटक विपक्षी दलहरुको बैठक
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
कुन दलले कति सिट जित्ला ?
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
पार्टीभित्र हलचल : कुन कुन दल मिले ? कुन दल मिल्दैछन् ?