काठमाडौ । सहमतिका नाममा राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई समेट्ने कांग्रेस र माओवादी केन्द्रको तयारीमा साना दल असन्तुष्ट बनेका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएपछि सरकारलाई समर्थन गरेका साना दल असन्तुष्ट देखिएका हुन् ।
जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न नहुने अडान राख्दै आएका छन् । गठबन्धनको एक घटक जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउन छोडिएको बताउँदै असन्तुष्टि व्यक्त गरेका छन् ।
निर्णय भएपछि सुनाउन आफूहरूलाई बोलाउने गरिएको बताउँदै उनले सत्तारूढ दलका शीर्ष नेताहरूप्रति आक्रोश व्यक्त गरे । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १९ पुस २०८०, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
पार्टीभित्र हलचल : कुन कुन दल मिले ? कुन दल मिल्दैछन् ?
समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
नयाँ दललाई आइलाग्यो आपत
आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की