काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरूलाई आफ्नो पदीय गरिमा जोगाउन आग्रह गरेकी छन्। देश विकासको गर्विलो आधार र आम मानिसले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरूले आफ्नो गरिमा बचाउन ध्यान दिनुपर्ने मन्त्री गुरुङको भनाइ थियो।
बुधवारबाट काठमाडौँमा शुरु भएको नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औँ राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै उनले नेपाली जनताको विकासको चाहनालाई सम्बोधन हुने गरी पूर्वाधार विकासका काममा इन्जिनियरहरू लाग्नुपर्ने आवश्यकता पनि औँल्याइन्। मन्त्री गुरुङले पूर्वाधार निर्माणको कामलाई जनमैत्री बनाउनुपर्नेमा पनि इन्जिनियरहरू सचेत हुनुपर्ने बताए।
उनले पूर्वाधार विकासका कारण जोखिमयुक्त अवस्था आउन नदिन सम्बन्धित पक्षहरूबीच बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन्। मन्त्री गुरुङले भनिन्, ‘इन्जिनियर सेक्टर भनेको देशको विकासको गर्विलो आधार हो। यसको गरिमा बचाउन हामीले ध्यान दिनुपर्छ। त्यसैले तपाईँहरूले नेपाल सरकारले गर्नुपर्ने जति पनि कुरा उठाउनुभएको छ। समयमा काम नहुने, हामीले तयारी गरेको डिजाइन प्रभावकारी र जनमैत्री नहुने चुनौती सामना गर्दै हामीले पूर्वाधार विकासका काम गरेका छौँ। त्यसले धेरै जोखिम पनि उठाइरहेको छ। यो विषय सबैले समयमै सोच्नुपर्ने र कार्यान्वयनमा लैजानुपर्ने अवस्था छु।’
मन्त्री गुरुङले प्रभावकारी हुने गरी पूर्वाधार निर्माणका लागि डिजाइनको काम गर्ने कुरामा पनि इन्जिनियरहरूलाई सचेत गराइन्।
                
                    
                                    
                    
                    
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ पुस २०८०, १९ : १५
लेखकबाट थप