नारायणी नदीले कटान गरेपछि मेघौलीका बासिन्दा त्रासमा

मंगलबार, १९ भदौ २०७५, १५ : २९
नारायणी नदीले कटान गरेपछि मेघौलीका बासिन्दा त्रासमा


चितवन । नारायणी नदीले भरतपुर महानगरपालिकाको वडा नं २७ र २८ (साविक मेघौली गाविस) मा कटान गरेको छ । वडा नं २७ र २८ को सीमानामा पर्ने न्यूरे चोकमा नदीले ३०० मिटर कटान गरेको हो । 
वडा नं २८ को राप्ती र नारायणीको संगमस्थल गोलाघाटको राप्ती नियन्त्रण सामुदायिक वनको करिब ५ कठ्ठा जग्गा नदीले कटान गरेको वडाध्यक्ष आशबहादुर कुमालले जानकारी दिए । 


नारायणी नदीले कटान गर्न थालेपछि स्थानीय त्रसित अवस्थामा रहेका भरतपुर २७ का वडाध्यक्ष गोविन्द तामाङले सफल खबरलाई बताए । नारायणीको बहाब बढेर कटान गर्न थालेपछि स्थानीय कटान क्षेत्रमा तारजाली लगाउने, बोरामा ढुंगागिटी थुपार्ने, स्याउला हाल्ने काममा जुटेका छन् । 


न्यूरे चोकको २ वटा घरलाई स्कुलमा स्थानान्तरण गरिएको छ । नारायणीको बहाब नघटेको र कटान भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिए । ‘बोरामा ढुंगागिटी हाले पनि पानीको बहाबले बगाइरहेको छ’ उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले नदी कटानलाई रोक्ने प्रयास गरिरहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस