काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन हुन सक्ने बताएका छन्। राजधानीमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको बताए।
‘बालकुमारी घटनमा चिज देखिएकोजस्तो छैन त्यसभित्र अर्कै केही छ, थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ,’ दाहालले भने, ‘चिज त्यस्तो छैन जस्तो देखिएको छ भन्ने मैले अनुभूत गरेको छु।’
उनले घटना भएको दिन शुक्रबार आफू पूर्वनिर्धारित कार्यक्रममा दोलखामा रहेको र काठमाडौँ फर्किएलगत्तै घटनाबारे ब्रिफिङ लिइएको बताए। ब्रिफिङ लिँदा बाहिर देखिएजस्तो घटना नभएको आफूले अनुभूति गरेको ‘प्रचण्ड’को भनाइ थियो।
‘म यहाँ सबै कुरा भन्न चाहन्न दुई युवाको जसरी हत्या भएको छ, जसरी गाडी जलाउने काम गरिएको छ,’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘मसँग कुनै प्रमाण त छैन तर कतै लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन त हैन भन्ने लागेको छ।’
केही गम्भीर छ भन्ने लागेर नै सरकारले घटनाबारे अध्ययन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाएको प्रधानमन्त्री प्रचण्डले बताए। उनले घटनाबारे मृतकका परिवारलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर छलफल गरिएको र उनीहरूको मागबारे सरकार सकारात्मक रहेको जानकारी पनि दिए।
उनले मन्त्री, प्रधानमन्त्री र नेताहरूविरूद्ध गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै असन्तुष्टि जनाए। ‘गाडीमा रहेका मन्त्रीलाई नै जलाउन पर्थ्यो भन्ने भाष्य बनाउन खोजिएको छ। के भाष्य हो यो ? केपीजी, शेरबहादुर देउवाजी र मेरो टाउको जोडेर यी टाउको काटे २०/२० लाख दिने प्रचार गरिएको छ। के हो भाषा हो यो ?,’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘जनतालाई निराशा बाँड्ने अँध्यारो देखाउने अँध्यारो बाहेक केही छैन भन्ने भाष्य स्थापित गर्नेहरू राष्ट्रवादी हुन सक्दैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारे : प्रधानमन्त्री
प्रधानमन्त्री बालेनले दिए यस्तो प्रष्टीकरण : ‘कोही पनि घरबारविहीन हुनुपर्दैन, भ्रममा नपरौँ’
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना