नेपालले हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत

मंगलबार, १९ भदौ २०७५, १२ : ४४
नेपालले हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत

काठमाडाै‌ं:  मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मलेशियाको राजधानी क्वालालम्पुरस्थित वा‌ंगी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो । अनिलकुमार साहले १५, अरिफ शेषले १८ र कप्तान पारस खड्काले १४ रन बनाउनुबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अ‌ंकको रन बनाउन सकेनन् ।

हङकङका इहशान खानले चार तथा तनवीर अफजल र मोहमद खानले समान दुई-दुई विकेट लिए । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अ‌ंक तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ । नेपाल ओमन र संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित भएको थियो भने आयोजक मलेशिया र सि‌गापुरलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस