काठमाडौ । हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन ।
यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो ।
एक महिनाको अवधिमा भुइँ भिज्ने गरी वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान समुदायमा पनि चिन्ता थपिएको छ ।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलका अनुसार वर्षाका लागि सव्रिmय प्रणाली भित्रिन नसक्दा नेपालमा हिउँदे वर्षामा ढिलाइ भएको हो । एक महिनामा जति पनि पश्चिमी वायु नेपाल नभित्रिएर मौसम राम्रो नभएको उनी औँल्याउँछन् ।
उनले भने, “राम्रो प्रणाली आइदिएको भए आकाशमा जमेका प्रदूषित वायु तथा तुवाँलो हटेर वर्षाका लागि वातावरण बन्थ्यो ।” एक महिनासम्म वर्षा नहुँदा पनि हिउँदमा औसतभन्दा बढी वर्षाको सम्भावनामा कुनै असर नपर्ने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १६ पुस २०८०, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा एक्कासि ठूलो वर्षासंगै ठुलो बाढी, बगायो विद्यालय
सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा