मातातीर्थ र फाखेल-फर्पिङ सडकखण्ड सोमवारदेखि बन्द हुने

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०८०, १३ : ०५
मातातीर्थ र फाखेल-फर्पिङ सडकखण्ड सोमवारदेखि बन्द हुने

काठमाडौं। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको छ ।

कुलेखानी–हुमाने–फाखेल खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले भोलि (पुस १६ गते बिहान)देखि फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ ।उक्त खण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको छ ।

यातायातका साधनका लागि हेटौंडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्न सकिने गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले जानकारी दिए ।

उनका अनुसार भोलि बिहानदेखि वैकल्पिक मार्गका रुपमा हेटौंडाबाट आउने हल्का सवारी साधन उक्त खण्डमा सञ्चालन हुनेछन् ।वैकल्पिक सडकका रुपमा काठमाडौंको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौंडातर्फ आउने सवारी साधनलाई पनि सञ्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस