अभिनेता टम विल्किन्सनको निधन

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०८०, ११ : ३९
अभिनेता टम विल्किन्सनको निधन

काठमाडौँ ।  ब्रिटिस अभिनेता टम विल्किन्सनको निधन भएको छ । ७५ वर्षका अभिनेताको शनिवार निधन भएको हो । उनको निधनको पुष्टि परिवारले गरेका छन् ।

ओस्करमा समेत नोमिनेशनमा परेका अभिनेता टमले ‘द फूल मोन्टी’ र ‘द बेस्ट एग्जाटिक मेरीगोल्ड होटल’ फिल्मबाट पहिचान बनाएका थिए । उनको निधनको कारण खुलाइएको छैन ।

विल्किन्सनको २००१ को फ्यामिली ड्रामा ‘इन द बेडरुम’बाट वेस्ट अभिनेताको रूपमा ओस्करको नोमिनेशनमा परेका थिए । त्यसपछि २००७ मा रिलिज भएको ‘माइकल क्लेटन’बाट पनि उनी बेष्टसपोटिङ अभिनेताको रूपमा पनि नोमिनेसनमा परेका थिए ।

विल्किन्सनले ४७ सालको करियरमा १०० बढी फिल्म अभिनय गरेका छन् । 

प्रतिक्रिया दिनुहोस