एजेन्सी । भारतको महाराष्ट्रस्थित छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी ६ जनाको मृत्यु भएको छ ।
छत्रपति संभाजी नगरमा रहेको पञ्जा बनाउने कारखानामा आज बिहान भीषण आगलागी भएको अधिकारीहरूले बताएका छन् ।
यस घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी क्षेत्रमा रहेको कारखानामा बिहान सवा २ बजेबाट आगलागी सुरु भएको थियो ।
कारखाना बन्द रहेको र कामदार सुतिरहेको समयमा आगो लागेको बताइएको छ । आगलागीको यकिन कारण भने खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ पुस २०८०, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी