काठमाडौँ । अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा घर भएर सामाखुसी बस्ने ४६ वर्षीय पार्वती थापा छिन् ।
पीडितलाई अमेरिका पठाइदिन्छु भनेर १४ लाख ९० हजार लिएपछि उनी सम्पर्क विहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र्र रेग्मीले बताए । अमेरिकामा मासिक साढे ३ लाख तलब आउने जागिर पाइने आश्वासन दिएर पार्वतीले अमेरिका पुग्न ३० लाख लाग्ने बताएर पीडितलाई प्रभावमा पारेकी थिइन् ।
पटकपटक गरेर १४ लाख ९० हजार लिएर सम्पर्क विहीन भएपछि पीडितले उनीविरुद्ध वैदेशिक रोजगार विभाग ताहाचलमा उजुरी गरेका थिए । आरोपीलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ