काठमाडौँ । अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा घर भएर सामाखुसी बस्ने ४६ वर्षीय पार्वती थापा छिन् ।
पीडितलाई अमेरिका पठाइदिन्छु भनेर १४ लाख ९० हजार लिएपछि उनी सम्पर्क विहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र्र रेग्मीले बताए । अमेरिकामा मासिक साढे ३ लाख तलब आउने जागिर पाइने आश्वासन दिएर पार्वतीले अमेरिका पुग्न ३० लाख लाग्ने बताएर पीडितलाई प्रभावमा पारेकी थिइन् ।
पटकपटक गरेर १४ लाख ९० हजार लिएर सम्पर्क विहीन भएपछि पीडितले उनीविरुद्ध वैदेशिक रोजगार विभाग ताहाचलमा उजुरी गरेका थिए । आरोपीलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै