विकसित मुलुकहरुका लागि नागरिक समाज महत्वपूर्ण : डा. भट्टराई

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०७५, १८ : १३
विकसित मुलुकहरुका लागि नागरिक समाज महत्वपूर्ण  : डा. भट्टराई

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले विकसित मुलुकहरुका लागि नागरिक समाजको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको छ ।
आइतबार काठमाडौंमा समृद्धि सञ्जाल नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डाक्टर भट्टराईले आर्थिक सुचांकमा कमजोर भए पनि सामाजिक सुचांकमा नेपाल राम्रो स्थानमा रहेको बताउनुभयो ।
देश लोकतान्त्रिक अभ्यासमा जाँदै गर्दा गैरसरकारी संस्थाहरु स्थानीय तह र प्रदेशमा पनि विकेन्द्रीकरण गरी अझ सहभागितामुलक रुपमा काम गर्नुपर्नेमा डा.भट्टराइको जोड छ । उहाँले गैरसरकारी संस्थाहरुलाई सरकारले नियन्त्रण गर्ने अवस्था सृजना गर्नुभन्दा आफैबाट नियमकारी भुमिका निभाउन आग्रह गर्नुभयो ।

देश संघियतामा गएसँगै गैरसरकारी संस्थाहरुको कामको दायरामा स्पष्ट कानुन नहँदा काम गर्न कठिन हुने गैरसरकारी संस्थाहरुको गुनासो छ । सरकारले आफुहरुले गरेको कामको सहि मुल्याङकन साथै प्रभावकारी नियम तथा विकासका काममा सहकार्य गर्न आवश्यक रहेको उनीहरुको सुझाव छ । गैरसरकारी संस्था तथा नागरिक समाज सबैसँगको प्रभावकारी समन्वय र सहकार्य गर्न सकेमात्र समृद्धि सम्भव भएको नागरिक समाजका अभियान्ताहरुको भनाइ छ  ।

 

प्रतिक्रिया दिनुहोस